५० दरको नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले ५० दरको ४२ करोड थान नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको शुल्क नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरुमा यूएस डलर १४६, यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ । बोलपत्र बुझाउने अन्तिम मिति सेप्टेम्बर ७ तोकिएको छ । बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार