ब्याज आम्दानी सँगै ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँले नाघ्यो

काठमाडौं । ब्याज आम्दानी बढे सँगै ग्रीन डेभलपमेन्ट  बैंकको नाफा समेत बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गर्दै नाफा बढेको जानकारी दिएको हो । गत आवमा बैंकले ६ करोड ९४ लाख ८ हजार नाफा कमाएको छ । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ८० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ३ करोड ८६ लाख ६१ हजार नाफा कमाएको छ ।

गत आवमा बैंकको कुल ब्याज आम्दानी २० करोड २० लाख ४२ हजार रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३ करोड ४ लाख ३० हजारले बढी हो । अघिल्लो आवमा बैंकको कुल ब्याज आम्दानी १७ करोड १६ लाख १२ हजार रहेको थियो ।
गत आवमा बैंकको कुल ब्याज, चार्ज र कमिशन आम्दानी र कुल सञ्चालन आम्दानी समेत बढेको छ ।

गत आवमा बैंकको कुल ब्याज, चार्ज र कमिशन आम्दानी २२ करोड ३४ लाख १३ हजार, कुल सञ्चालन आम्दानी २३ करोड ३० लाख २० हजार रहेको थियो । अघिल्लो आवमा कुल ब्याज, चार्ज र कमिशन आम्दानी १९ करोड ५ लाख २३ हजार र कुल सञ्चालन आम्दानी १६ करोड ६३ लाख ९५ हजार रहेको थियो ।
गत आवमा बैंकको सञ्चालन नाफा ९ करोड ८७ लाख २३ हजार रहेकोमा अघिल्लो आवमा भने उक्त नाफा ५ करोड ७१ लाख ३४ हजार रहेको थियो ।
समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ करोड ८९ लाखबाट घटेर ६८ लाख पुगेको छ । सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९५ प्रतिशतले बढेर ६ करोड ७ लाख पुगेको छ ।

बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १ पैसाबाट बढेर १२ रुपैयाँ १८ पैसा पुगेको छ ।

गत आवमा बैंकको वितरणयोग्य मुनाफा १० रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा रहेको छ । सोही अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ ।

५६ करोड ९६ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ करोड ५९ लाख सञ्चित छ । गत आवमा बैंकले ६ अर्ब ३७ करोड निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार