औपचारिक रुपमा कार्यान्वयनमा आएको एमसीसीको घरभाडा खर्च १७ करोड बढी

काठमाडौं । नेपालको तर्फबाट अर्थ मन्त्रालय र संयुक्त राज्य अमेरिकाको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सम्पन्न भएको मिलेनियम च्यालेन्ज ‘कम्प्याक्ट’ सम्झौता (एमसीसी) को कार्यान्वयनलाई निरन्तरता दिने विषयको बारेमा नेपालस्थित अमेरिकी दुतवासाले
गत असारमा आधिकारीक जानकारी दिएको थियो । त्यसको एक महिना नबित्दै नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयले सोमबार औपचारिक जानकारी दिएको छ ।

एमसीए नेपालले घरभाडाको लागि २२ डिसेम्बर, २०१७ मा सम्झौता गरेकोमा हालसम्म घरभाडा १७ करोड २४ लाख ३१ हजार खर्च गरेको छ । थप क्षेत्रफल आवश्यक पर्ने कारण देखाई उक्त सम्झौतालाई २० अप्रिल २०१८ मा संशोधन गरी १४ हजार पाँच सय ८९ वर्गफिट पु¥याएको छ । सोबापत प्रत्येक वर्षमा पाँच प्रतिशत वृद्धि हुनेगरी प्रतिवर्ग फिट एक सय ३८ रुपैयाँका दरले घरभाडा भुक्तानी गर्नेगरी सम्झौता गरेको छ । यसरी समितिले मासिक २५ लाख ७० हजार रुपैयाँ घरभाडा गरी वार्षिक तीन करोड आठ लाख ३६ हजार भुक्तानी हुने गरी सोझै खरिद गरेको छ । यसले प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न नसकेको देखाउँछ ।

यस सहायताअन्तर्गत नेपाल सरकारले  करिब ७२ अर्ब रुपैयाँबराबरको कोष सञ्चालन गरी विकास निर्माण गर्ने अवसर पाउनेछ । यस सहयोग कोषमा अमेरिकाको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर समेत ६३ करोड डलरको कोष स्थापना गरिनेछ ।  उद्योगधन्दाको विकास र विस्तारको लागि अपरिहार्य विद्युत् तथा समग्र देश विकासको मेरुदण्डको रुपमा लिइने यातायात क्षेत्रको सुदृढीकरणका लागि खर्चिने यस आयोजना नेपालको लागि अर्थपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार