काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि साउन २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मलेन गर्दै यस एक्सपोमा ३५ वटा नयाँ प्रडक्ट लन्च हुने जनाएको छ । साथै, यस एक्स्पोमा ५० ब्राण्डले सहभागिता जनाउँदैछन् । आयोजकका अनुसार एक्स्पोमा ८० हजार जनाले अवलोकन गर्ने अनुमान छ । यस एक्स्पोको अवलोकन गर्न आउनेहरुका लागि नेपाल पुलिस क्लबको ब्लू बिल्डिङमा पार्किङ व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा ५० ब्राण्डको सहभागिता हुने

