नारायणगढ–बुटवल सडकको म्याद पून: १ वर्ष थपियो

काठमाडौं । नारायणगढ–बुटवल सडकको म्याद पून १ वर्ष थपियको छ ।
सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने म्याद अन्तिम पटकका लागि थप भएको छ ।

अन्तिम पटकका लागि थपिएको म्याद ९ साउन २०८३ कायम भएको आयोजनाले जनाएको छ । यही म्यादमा आयोजनाको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने छ ।

सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत मात्रै रहेको छ । सो थपीयको अवधिमा आयोजनाले सम्पूर्ण कार्य सम्पन्न गरीसक्ने बताएको छ ।
सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा बढ्दा सरकारको समेत आलोचना हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार