राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र रमण खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि खनाल राष्ट्रिय वाणिज्य बैंकमै निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिको बैठकले जेठ ६ गते सीईओ पदमा दरखास्त दिएका उम्मेदरवारहरु मध्येको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने अन्तिम ५ जनाको नाम सर्टलिस्ट गरेको थियो ।

सर्टलिस्टमा शंकर केसी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र कृष्णबहादुर अधिकारी थिए ।

सीईओमा नियुक्त भएका खनालले व्यवस्थापनमा मास्टर र कानूनमा एलएलबी तहसम्मको अध्ययन गरेका छन् । उनी २०६४ सालमा ८औँ तहबाट बैंक सेवामा प्रवेश गरेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार