काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय Leadership Excellence Awards, 2025 सम्पन्न भएको छ । द सोल्टी काठमाडौँमा श्रावण १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम “लायन वर्ष ः लिड , रोअर , रिपिट” नाराका साथ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आ.व २०८१÷८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे । कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले गत आ.व.मा गर्नुभएको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ.व. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.व. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका छन् ।
कार्यक्रममा बोल्दै कम्पनीका सेल्स हेड उमापति पोखरेलले २०८१÷८२ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता,सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद दिए । कम्पनीले गत वर्ष आफुलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको, सो ले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको कुरा बताए ।
उक्त विशेष समारोहमा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई अन्तर मनदेखि धन्यवाद ज्ञापन गरे । आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्त चित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद ज्ञापन गरे । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सिप र अनुभव लाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको कुरा बताए ।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।


