सडक डिभिजनले भन्यो, बालेको कदम अराजक र बलमिच्याइँपूर्ण

काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौँले महानगरपालिककाले फोहोर फालिदिएको बिषयलाई लिएर आपत्ति प्रकट गर्दै महानगरले कानुनी राज्यको उपहास गरेको भनेको छ ।

सडक डिभिजन कार्यलयले शनिबार एक विज्ञप्ति जारी गर्दै ‘काठमाडौँ जिल्लाभित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लंग छ।’

काठमाडौँ महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा एक ट्रक धुलो खन्याइदिएको थियो। उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरी महानगर प्रमुख बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तारका काम अघि नबढाएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार