CLI

तेस्रो मौद्रिक नीतिको समीक्षा कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशिका जारी, बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत सेयर लगानी बेच्ने बाटो खुल्ला

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न एकीकृत निर्देशनमा हेरफेर गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी गरेको छ।

आइतबार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै असल कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न, बैंकहरुलाई २० प्रतिशत सेयर लगानी बेच्ने बाटो खोल्न तथा २५ लाखभन्दा ठूलो सवारी कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० मा झार्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यूएनको प्रतिबन्ध सूचीमा रहेको मुलुकमा नेपालका वाणिज्य बैंकलाई शाखा खोल्न नदिने व्यवस्था निर्देशिकामा थप गरिएको छ।

निर्देशिकाको पूर्ण पाठ

Leave Your Comment

Related News