सूचना प्रविधि हब बनाउन डिल्लीबजारमा बहुतले भवन, खुमलटारमा ज्ञान पार्क

काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

यस क्रममा अर्थमन्त्री पुनले आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइने पनि बताएका छन् । सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।

काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतको पूर्वाधारसहित सूचना प्रविधि पार्क सन्चालनको काम अगाडि बढाउने सरकारको घोषणा छ । यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सन्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने छ ।

सार्वजनिक, निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सन्चालनको लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने अर्थमन्त्री पुनले बताए ।

ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार