११ वटा फाइनान्सको नाफा बढ्यो, १० वटाको लाभांश क्षमता ऋणात्मक, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सूचीकृत १५ वटा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म समग्रमा ८६ करोड ४४ लाख नाफा कमाएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यी फाइनान्सहरुले समग्रमा खुद घाटा व्यहोरेका थिए । गत वर्ष भने २ वटा कम्पनी मात्र घाटामा छन् । खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा बढेको छ ।

१५ कम्पनीहरुले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशत धेरै हो ।  खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । केही फाइनान्सहरुको इम्पेयरमेन्ट चार्ज पनि घटेको छ ।

कुन फाइनान्सको कस्तो छ वित्तीय अवस्था ?
चुक्ता पुँजी र जगेडा कोष

१५ फाइनान्समध्ये मञ्जुश्रीको चुक्ता पुँजी सबैभन्दा धेरै छ । यसको पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ बराबर छ । दोस्रोमा, आइसीएफसी फाइनान्सको १ अर्ब १८ करोड, रिलायन्सको १ अर्ब १२ करोड, पोखराको १ अर्ब ८ करोड, गुहेश्वरी फाइनान्सको १ अर्ब १ करोड र श्री इन्भेष्टमेन्टको १ अर्ब रुपैयाँ बराबरको पुँजी छ ।

१५ फाइनान्सहरुको समग्रमा १४ अर्ब १३ करोड १७ लाख रुपैयाँ बराबरको पुँजी देखिएको छ । यता, जगेडा कोष गुडविल फाइनान्सको सबैभन्दा धेरै १ अर्ब ३३ करोड रुपैयाँ बराबरको छ । पोखराको १ अर्ब ५ करोडको उक्त कोष रहेको छ ।

खुद ब्याज आम्दानी

मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै ८७ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको भन्दा १६.५१ प्रतिशत धेरै हो । आइसीएफसीले ६१ करोड ६९ लाख, पोखराले २६ करोड ६० लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छन् । कम्पनीहरुले ३ अर्ब ८० करोड रुपैयाँ भन्दा धेरैको ब्याज आम्दानी गरेका छन् ।

नाफा

सबैभन्दा धेरै नाफा कमाउनेमा आइसीएफसी फाइनान्स अगाडि छ । यसले १२ महिनामा ३४ करोड ४९ लाख नाफा कमाएको छ । त्यस्तै, मञ्जुश्रीले ३१ करोड ४३ लाख नाफा आर्जन गरेको छ । गोर्खाज र जानकी फाइनान्सले भने घाटा व्यहोरेका छन् ।

प्रतिसेयर आम्दानी

आइसीएफसी र मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी क्रमशः २९.१५ रुपैयाँ र २३.२६ रुपैयाँ छ । गोर्खाज र जानकी फाइनान्सको प्रतिसेयर आम्दानी ऋणात्मक देखिएको छ ।

लाभांश वितरण क्षमता

आइसीएफसी र मञ्जुश्री फाइनान्सको लाभांश वितरण क्षमता २० प्रतिशत माथि छ । श्री इन्भेष्टमेन्टको पनि उक्त क्षमता ६.२८ प्रतिशत छ । अरु २ कम्पनीको लाभांश क्षमता २ प्रतिशत भन्दा कम छ । त्यसैले यी कम्पनीले लाभांश नदिने सम्भावन छ । १० वटाको लाभांश क्षमता ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार