चाडपर्व लक्षित नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कअटो कर्जा योजना सार्वजनिकः अब ६.२९ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कले नजिकिदै गरेका नेपालका मुख्य चाडपर्ब दशैं र तिहारलाई लक्षित गरेर विशेष अटो लोन योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ६.२९ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन् ।

बैंकले यो योजना सीमित कार्तिक सम्मको लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ। ऋणिले अटोलोनको लागि आबेदन दिएको ३ दिन भित्र लोन प्रवाह गरिने बैङ्कले जनाएको छ  सवारी साधन किन्न चाहनु भएका ग्राहकहरुका लागि, नेपाल इन्भेष्टमेष्ट मेगा बैंकको यो अफर अवसर हुनेछ ।

बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार