सागर डिष्टिलरीको आईपीओ भदौ २५ बाट सर्वसाधारणको लागि खुल्दै

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख को २० प्रतिशतले हुन आउने  १४ लाख ५२ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने लागेको छ  । जसमध्ये सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रकम बराबरको शेयर प्रति शेयर १ सय का दरले  १ लाख ४५ हजार २ सय कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिइ  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु लागि, ५ प्रतिशत अर्थात ७२ हजार ६ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी, ३ प्रतिशत अर्थात ४३ हजार ६ सय ६०  कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बाँडफाउ गरि बाँकी रहेको ११ लाख ९० हजार ६ सय ४० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि  सार्वजनिक निष्काशन गर्न लागेको हो  ।

कम्पनीको स्वीकृत विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि ‘क्रेडिट रेटिङ्ग नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट [IRN B+ (IS)” Single B Plus (Issuer) प्रमाणपत्र प्राप्त गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम भन्ने जनाउँदछ । कम्पनीले आईपिओको  सार्वजनिक निश्कासनको लागि  क्रेडिट रेटिङ ग्रेड २०८२ साउन ८ गते प्राप्त गरेको हो यसको मान्य अबधि २०८३ साउन ७ सम्म रहने छ ।

संस्थाको रजिष्टर्ड ठेगाना संस्थाको रजिष्टर्ड कार्यालय देवचुली नगरपालिका वडा नं. १, नवलपरासी रहेको छ। कम्पनीको कारोबार गर्ने स्थान मुख्य कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १, लालदरबार मार्ग, काठमाडौँमा रहेको छ।

कम्पनीको प्रति शेयर नेटवर्थ आर्थिक बर्ष २०८२\०८३ मा १ सय ६ रुपैँया ५२ पैसा रहेको छ

साधारण शेयरको बिक्री खुल्ला निष्काशन खुल्ला २०८२भदौ २५ देखी  गते देखि २०८२ भदौ २ बैंकिङ समय सम्म रहने छ । तोकिएको सयममा बिक्रिमा रेको साधारण शेयर बिक्रि नभएमा कम्पनीले २०८२ असोज ८ सम्म समय थप गर्ने छ । कम्पनीको साधारण शेयरमा न्यनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्नेछन्

कुनै पनि नेपाली नागरिकले स्वीकृत विवरणपत्र मार्फत जारी गरिने साधारण शेयर खरिदका लागि दरखास्त दिन सक्नेछन ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराईएको ‘मेरो शेयर” सफ्टवेयरबाट पनि आवेदकले आवेदन गर्न सक्नेछन्। त्यसका लागि आवेदकले आफ्नो हितग्राही खातामा बैंक खाताको विवरण उल्लेख गरिसकेको हुनु पर्नेछ र सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट CRN न लिईसकेको हुनु पर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार