एनआईसी एशिया बैंकका ग्राहकले सिद्धबाबा हस्पिटलमा छुट पाउने 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा Admission Charge, OT Charge, Lab Charge, MedicinePharmacy जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् । सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार