महालक्ष्मी विकास बैंकद्वारा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति दुःख प्रकट

काठमाडौं । महालक्ष्मी बिकास बैङ्कले गत भदौ २३ र २४ गते भएको जेजजी नेतृत्वको आन्दोलनमा भएको बैंकले  घटनाहरुमा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति बैंक गहिरो दुःख प्रकट गर्दै  विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षति प्रति महालक्ष्मी विकास बैंकले मर्माहत बनाएको बताएको छ बैङकले आज एक प्रेस नोट जारी गर्दै यस्तो बताएको हो  । बैङ्कले  दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना  । साथै, उपचारार्थ रहेका सम्पुर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ  ।

 साथै शुरु भईसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।

बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरु नजिकको शाखा कार्यालयहरु प्रवाह हुने   । साथै बैंकको लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पुर्ण १०२ शाखा कार्यालयहरु पुर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार