काठमाडौं । होटल वेष्टउड लिमिटेडले आइपीओ प्रस्ताव पेश गर्न साधारण सभा बोलाएको छ । सभा असोज २४ गते, कम्पनीको कर्पोरेट कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछ ।
होटल वेष्टउडले आइपीओ जारी गर्ने

