समाज लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाले आफना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको आइतबार बेलुका ६ बजे बसेको सञ्चालक समितिको ११२ औं बैठकले लाभांश वितरण नगर्ने बताएको हो । मुनाफाबाट प्राप्त रकम जगेडका कोष र रिटेन अनिङमा राख्ने निर्णय गरेको थियो ।

संस्थाले गत आर्थिक वर्षमा ३० लाख ७३ हजार ७ सय ५१ रुपैयाँ १ पैसा मुनाफा कमाएको थियो । जसमध्ये २० प्रतिशत अर्थात् ६ लाख १४ हजार ७ सय ५० रुपैयाँ २० पैसा जगेडा कोषमा राख्ने र बाँकी ८० प्रतिशत अर्थात् ३४ लाख ९० हजार ७ रुपैयाँ र १ पैसा रिटेन अरनिङमा राख्ने बताइएको छ । संस्थाको चुक्ता पूँजी २ करोड २८ लाख रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार