काठमाडौं । भदौ २३ र २४ गतेका दिन भएको जेनजी प्रदर्शनका क्रममा बीमा कम्पनीहरुमा भदौ ३१ गतेसम्म २० अर्ब ७० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमामा कुल २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
तथ्यांक अनुसार सबैभन्दा बढी बीमा दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा झन्डै ४ अर्ब ९३ करोड रुपैयाँको बीमा दाबी परेको छ । यस कम्पनीमा २५८ वटा निवेदन परेका छन् ।
शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बरारबरको ३६६ वटा निवेदन परेको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको २४ वटा बीमा दाबीको निवेदन परेको छ । कुल १ हजार ९८४ दाबी परेका छन् ।


