“महालक्ष्मी विकास बैंकले ल्यायो नव उद्यम कर्जा सञ्चालनमा” वैदेशिक रोजगारबाट फर्किएका नेपाली प्राथमिकतामा

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्धेश्यका साथ आकर्षक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको  जनाएको छ छ ।

 वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफुले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिह?लाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा ल्याएको बैकंले उल्लेख गरेको छ । कृषि, ब्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गरी उद्यमशीलता विकास गर्न सकिने अभिप्रायका साथ सञ्चालनमा ल्याइएको यस्तो कर्जा प्रतिस्पर्धी व्याजदरमा उपलब्ध गराइने बैङ्कले उल्लेख गरेको छ  ।

 यो  कर्जामा १० लाख देखी १ करोड सम्म सिमा रहने छ भने यस प्रकारको कर्जाको अवधी न्यूनतम २ वर्ष देखी अधिकतम १५ वर्ष सम्म रहनेछ । यस्तो कार्यबाट नेपाल फर्र्किएका युवाहरुलाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशिलता विकास गर्न, विप्रेषण मार्फत आउने रकमको सही सदुपयोग गर्न तथा समग्र देशको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । साथै नेपाल मै रहेका व्यतिले समेत साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन तथा विस्तार गर्न विभिन्न कर्जा शिर्षक अन्तर्गत यस्तो सुविधा उपभोग गर्न सक्नेछन् ।

 सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत ?पले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार