क्यासिनो नवीकरण गर्न निर्देशन

काठमाडौं । पर्यटन विभागले क्यासिनो नवीकरण गर्न निर्देशन दिएको छ । विभागले मुलुकका विभिन्न स्थानमा सञ्चालनमा रहेका तथा सञ्चालन अनुपत्र लिएका क्यासिनोहरुलाई जेठ मसान्तसम्ममा क्यासिनो सञ्चालक इजाजतपत्र नविकरणको लागि आवेदन दिन आग्रह गरेको हो । यदि आवेदन नदिएमा इजाजपत्र स्वतः खारेज हुनेछ । हालसम्म क्यासिनो सञ्चालनका लागि २८ वटा इजाजतपत्र वितरण गरिएको छ ।

विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलका अनुसार क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने तथा उक्त नवीकरणका लागि एक महिनाअगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने हुन्छ । जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए स्वतः खारेज हुनेछ । अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून संख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए ।

विभागबाट अनुमति लिई सञ्चालनमा रहेका क्यासिनो सञ्चालकले इजाजतपत्रको मान्य अवधि समाप्त हुनुअगावै (चालु आव असार मसान्त) नवीकरण गर्नुपर्ने भएकाले चालु आवको जेठ मसान्तभित्र बक्यौता र तोकिएबमोजिमको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर तथा क्यासिनो नियमावली, २०७० को नियम १३ (१) मा उल्लिखित कागजात संलग्न गरी विभागमा निवेदन दिन विभागले आग्रह गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार