सूचीकृत सानिमा माईसहित यी ४ हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट विद्युत उत्पादन बन्द

काठमाडौं । नेप्सेमा सूचीकृत सानिमा माई हाइड्रोपावर, सान्भि इनर्जी, सामलिङ्ग पावर र एशियन हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको विद्युत आयोजनमा बाढीका कारण क्षति पुगेको छ । जसकारण यी आयोजनाहरुबाट विद्युत उत्पादत पूर्ण रुपमा बन्द भएको कम्पनीहरुले जनाएका छन् ।

असोज १८ गते भएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । खोलाहरुमा अझै बाढी आउने क्रम पूर्ण रुपमा नरोकिएकाले के कति क्षति भयो भने अझै एकिन गर्न सकिएको छैन ।

सानिमा माई हाइड्रोपावरले सञ्चालन गरेको माई जलविद्युत आयोजना (२२ मे.वा.) को हेडवर्क्स क्षेत्रका विभिन्न संरचनामा क्षति पुऱ्याएको छ । माई खोलामा आएको बाढीका कारण यस कम्पनीले सञ्चालन गरेको दुबै जलविद्युत आयोजना माई (२२ मे.वा.) र माई क्यास्केड (७ मे.वा.) को सञ्चालनमा अवरोधका कारण विद्युत गृहहरु बन्द गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सान्भि इनर्जी लिमिटेडले निर्माण गरी सञ्चालन गरेका जोगमाई खोला साना जलविद्युत आयोजना ( ७.६ मे.वा.) र जोगमाई क्यासकेड जलविद्युत आयोजना (५.२ मे.वा.) का भौतिक संचरनाहरुमा ठूलो क्षती पुगेको छ । खोलामा अझै बाढी आउने क्रम पूर्ण रुपमा नरोकिएकोले हाल आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ ।

यता, सामलिङ्ग पावर कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालन गरेको माई बेनी जलविद्युत आयोजना ९.५१ मे. वाको भौतिक संरचनाहरुमा पनि क्षति भएको छ । खोलामा अझै बाढी आउने क्रम पूर्ण रुपमा नरोकिएकाले क्षति एकिन गर्ने कायए जारी रहेको र हाल आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ ।

एशियन हाइड्रोपावर लिमिटेडले निर्माण गरी सञ्चालन गरेको तल्लो जोगमाई खोला जलविद्युत आयोजना ६.२ मे. वा. को भौतिक संरचनाहरुमा क्षति भएको छ । खोलामा अझै बाढी आउने क्रम पूर्ण रुपमा नरोकिएकाले क्षति एकिन गर्ने कार्य जारी रहेको र हाल आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रुपमा बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार