CLI

७ वर्षमा करिब ३ खर्बको मोबाइल आयात, किन छैन आन्तिरक उत्पादनमा चासो ?

काठमाडौं । मुलुकमा उत्पादनको सम्भावन रहँदा पनि वेवास्ताको सिकार भएको कारण मोबाइल आयात हरेक वर्ष बढ्दो छ । मोबाइल आयात बढ्दै जाँदा स्वदेशी मुद्रा भने ठूलो मात्रामा बाहिरिएको छ ।

सरकारी तथ्यांक अनुरुप पछिल्लो सात वर्षमा २ खर्ब ९० करोड मूल्य बराबरको २ करोड २२ लाख वटा मोबाइल आयात भएको छ । सो मूल्य बराबर हुँदा सरकारले ३४ अर्ब ७४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको भन्सार विभागले जनाएको छ ।

आर्थिक वर्ष २०८१\२०८२ मा २१ लाख ८४ हजार वटा मोबाइल आयात गरेको थियो जसमा भन्सार मूल्य  ३५ अर्ब ५४ करोडको आयात भएको थियो र राजस्व ६ अर्ब ६२ करोड तिरेको थियो। यो संख्या अघल्लो आवाको तुलनमा ३ लाख ४५ हजार बढी हो ।

आर्थिक वर्ष २०८०\८१ मा १८ लाख ३९ हजार वटा मोबाइल आयात गरेको थियो जसमा भन्सार मूल्य २८ अर्ब ६६ कारोडको आयात भएको थियो र राजस्व ५ अर्ब ३३ करोड तिरेको थियो । यो संख्या अघल्लो आवाको तुलनमा २ लाख ७० हजार बढी हो।

आर्थिक वर्ष २०७९\८० मा १४ लाख ६९ हजार  वटा  मोबाइल आयात गरेको थियो जसमा भन्सार मूल्य २४ अर्ब ३९ करोड र ४ अर्ब ५५ करोडको राजस्व तिरेको थियो । यो संख्या अघल्लो आवाको तुलनमा ३९ लाख ८७ हजार वटा कम हो ।

आर्थिक वर्ष २०७८\७९ मा ५५ लाख ८६ हजार वटा मोबाइल आयात गरेको थियो जसमा भन्सार मूल्य ३८ अर्ब ६ करोड र राजस्व ६ अर्ब १ करोड तिरेको थियो । यो संख्या अघल्लो आवाको तुलनमा १४ लाख ७४ हजार वटा कम हो ।

आर्थिक वर्ष २०७७\७८ मा ७० लाख ३० हजार वटा मोबाइल आयात गरेको थियो जसमा भन्सार मूल्य ३८ अर्ब ९० करोड र राजस्व ५ अर्ब ८४ करोड तिरेको थियो । यो संख्या अघल्लो आवाको तुलनमा २६ लाख ६५ हजार वटा बढी हो ।

आर्थिक वर्ष २०७६\७७ मा ४६ लाख ६४ हजार वटा मोबाइल आयात गरेको थियो जसमा भनसार मूल्य १८ अर्ब १७ करोड र राजस्व २ अर्ब ८७ कारोड तिरेको थियो यो संख्या अघल्लो आवाको तुलनमा १ लाख ३८ हजार वटा बढी हो ।

आर्थिक वर्ष २०७५\७६ मा ४२ लाख २७ हजार वटा मोबाइल आयात गरेको थियो जसमा भन्सार मूल्य १९ अर्ब २७ करोड र राजस्व ३ अर्ब ५२ करोड तिरेको थियो यो संख्या अघल्लो आवाको तुलनमा १९ लाख ९९ हजार वटा कम हो ।

आर्थिक वर्ष २०८२\८३ को पहेलो महिनाम ५ लख ८ हजार वटा मोबाइल आयात गरेको छ जसमा भन्सार मूल्य ८ अर्ब ८७ करोड र राजस्ब १ अर्ब ६५ करोड तिरेको छ ।

मुलुकमा मोबाइल उत्पादन गर्न सकिन्छ : प्राधिकरण

मुलुकमा मोबाइल उत्पादन गर्न सकिने दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका उप निर्देशक प्रदिप पौड्यलका अनुसार प्राधिकरणले गरेको अध्ययनले मोबाइल उत्पादन र निर्यातको सम्भावना छ ।
वार्षिक अबौं रुपैयाँ बराबरको मोबाइल आयात भइरहँदा मोबाइल उत्पादन र निर्यात गर्न सकिने निष्कर्ष सरकारी प्रतिवेदनको रहेको छ ।

प्राधिकरणले गरेको अध्ययन अनुरुप अन्य देशबाट पाटपुर्जा ल्याएर नेपालमा मोबाइलको एसेम्बल गर्न सकिन्छ ।

प्राधिकरणको प्रतिवेदनमा भनिएको छ, ‘एप्पल, ओप्पो र सामसुङलगायत मोबाइल नेपालमै एसेम्बल गर्न सकिन्छ । नेपालमा एसेम्बल भएको मोबाइल फोन ‘मेड इन नेपाल’ भनेर विदेशमा समेत निर्यात समेत गर्न सम्भव छ ।’

प्रतिवेदनमा अन्य देशबाट पाटपुर्जा ल्याएर नेपालमा मोबाइलको एसेम्बल गर्न सकिने उल्लेख गरिएको छ । नेपालमा नै मोबाइल एसेम्बल गर्न ठूलो प्लान्ट स्थापना गर्नुपर्ने र त्यसका लागि धेरै लगानी चाहिने प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार भारत र भियतनामले जस्तै मोबाइल उत्पादन गरेर विदेश निर्यात गर्न सकिने अवस्था छ । ‘नेपालमै मोबाइल फोनको एसेम्बलको सम्भावना देखिएको छ । सरकारको ‘मेक इन नेपाल’ नीतिअनुसार मोबाइल एसेम्बल तथा पुरानोलाई नयाँ बनाएर पुनः प्रयोग ल्याउन सकिनेछ ।’

मोबाइल एसेम्बल गर्दा विदेशी लगानी पनि आउनसक्ने  र यसका लागि कानूनी व्यवस्थाहरु सहजीकरण गर्नुपर्ने  हुन्छ ।

करिब ३० अर्बको बजार

नेपाल मोबाइल व्यापार संघका पछिल्लो समय नयाँ प्रविधि र मोबाइलमा युवा वर्गको रुची अलि बढी हुने गरेको छ। युवा वर्ग कमाउने र सोहीअनुसार खर्च गर्ने भएकाले उनीहरूलाई बजारमा आएका नयाँ स्मार्टफोन र त्यसको सेवाले आर्कषित गर्दा यसको खपत बढ्दै गएको छ ।

संघका अनुसार १० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलमा युवा पुस्ताको रोजाइमा परेको देखिन्छ। तर, यसमध्ये चल्तीका सेट भने १० देखि ३० हजार रुपैयाँसम्म हुने गरेका छन्। अहिले बजारमा बिक्रीको हिसाबले पनि ब्रान्ड बनाएका, बढी उत्पादन गर्ने र समय समयमा नयाँ भर्सन ल्याइरहने कम्पनी अग्रणी सूचीमा आउने गरेका छन्। बिक्रीका हिसाबले सामसुङ, एमआई, हुवावेसहित सेट छन्।

पछिल्लो समय कारोबारअनुसार वार्षिक २० प्रतिशतसम्म मोबाइल बजार बढेको देखिन्छ। समग्र बजारको आकार भने करिब ३० अर्ब रुपैयाँ पुगिसकेको अनुमान छ।

Leave Your Comment

Related News