CLI

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २४६ औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापाज्यूलाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा नियुक्त गरेको छ ।

आज (शुक्रबार)को औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरे। नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । थापाको केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढि काम गरेको अनुभवे छ भने उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

Leave Your Comment

Related News