काठमाडौं । डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने सम्झौता गरेको हाे ।
विशेष सुविधा:
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन्:
डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १०% छुट
यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:
माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्नुहोस्।
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस्।
डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराई बीच सम्झौता पत्र (MoU) मा हस्ताक्षर गरिएको हो।
डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत देशभरका विभिन्न रेस्टुरेन्ट, पसल तथा सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गरी ग्राहकहरूलाई डिजिटल सुविधा र मूल्यवृद्धि सेवाहरू प्रदान गर्दै आएको छ।

