काठमाडौं । बुधबार नेप्स सूचक ५.१७ अकंले घटेको छ । बजार २५६६.१६ विन्दुमा झरेर बन्द भएको छ । यसदिन ३२१ वटा कम्पानीको ५० हजार ४८७ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ वटा समूह बढेका छन् र ९ वटा घटेका छन्। बैंकिङ ०.३४, विकास बैंक ०.९१, वित्त ०.७७ , लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन र प्रशोधन ०.२८, म्युअुचल फण्ड ०.०८, निर्जीवन बीमा ०.१९ र अन्य समूह १.२० प्रतिशत घटेको छन् । होटल्स तथा पर्यटन समूह २.५१, जलविद्युत ०.०१, लघुवित्त ०.१३ र व्यापार समूह २ प्रतिशतले बढेको छ ।
यस दिन सर्वाधिक कमाउने कम्पनीमा खानी खोला हाइड्रोपावर १०.०० प्रतिशत , उपकार लघुवित्त वित्तीय संस्था ९.९८ , मानुषी लघुवित्त वित्तीय संस्था ९.९१ , हिमालयन पावर पार्टनर ८.७४ ,आशा लघुवित्त वित्तीय संस्था ७.६८ प्रतिशतले बढेको छ ।

