नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ऋणात्मक

काठमाडौं । नेपाल सरकारको सञ्चित कोष १ खर्ब  ९६ अर्ब ३४ करोड रुपैयाँले ऋणात्मक छ । साथै, आव २०८१-८२ मा सरकारको नगद अवस्था ३१ अर्ब ३४ करोड देखिएको छ । यद्दपि, विभिन्न कोषहरुको मौज्दात एवम् एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख घनात्मक छ ।

महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१-८२ को नेपाल सरकारको एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल सरकारका खातामा रहेका राजस्व, खर्च, ऋण, कोष र सम्पत्तिसम्बन्धी विवरण संकलन गरी महालेखा नियन्त्रक कार्यालयमार्फत प्रतिवेदन तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार