काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ५१ करोड ८७ लाखबाट बढेर ६१ करोड ७६ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । बैंकको इम्पेयरमेन्ट चार्ज ११ करोड ६ लाख पुगेको छ ।
३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८८ करोड रुपैयाँ छ । सञ्चित नाफा १३ करोड ५१ लाख छ । बैंकको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १५२.३१ रुपैयाँ छ । यस बैंकको लाभांश वितरण क्षमता १४.०१ प्रतिशत छ ।

