स्टार्टअप कर्जाका लागि १८३ परियोजना सिफारिस (सूची सहित)

काठमाडौं । औद्योगिक विकास प्रतिष्ठानले १८३ परियोजना स्टार्टअप कर्जा दिने प्रक्रिया अघि बढाएको छ। प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै कर्जा सिफारिस गरिएको परियोजनाको सूची सार्वजनिक गरेको हो । यी परियोजनालाई प्रतिष्ठानले राष्ट्रिय वाणिज्य बैंकमार्फत १९ करोड ४० लाख रुपैयाँ स्टार्टअप कर्जा दिने छ।

सिफारिसमा परेका परियोजना प्रस्तावकहरुले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यानभ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकता, ०७९/०८० को करचुक्ता, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको ३ प्रति फोटो, फर्म वा कम्पनीको छाप लिएर तोकिएको बैंक शाखा कार्यालयमा जानुपर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार काठमाडौंको हकमा थापाथली, ललितपुरको हकमा लगनखेल र भक्तपुरको हकमा ठिमि कार्यालयमा जानु पर्नेछ ।

कर्जा सूचना केन्द्रको प्रतिवेदनमा यसअघि सहुलियत कर्जा लिएको फेला परेमा परियोजना प्रस्ताव र सिफारिस रद्ध हुने प्रतिष्ठानको सूचनामा उल्लेख छ । अन्य जिल्लाको हकमा छिट्टै शाखा कार्यालय तोकिने प्रतिष्ठानले जनाएको छ ।

सुचना जारी भएको ३० दिन भित्र तोकिएको बैंक शाखा कार्यालयमा सम्पर्क नगरेको खण्डमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुनेछ। सिफारिसमा परेका परियोजनाहरुले परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । परियोजनाले दोस्रो वर्षबाट साँवा र ब्याज बापतको रकम तिर्न सुरु गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिइनेछ ।

प्रतिष्ठानले गत माघ १९ देखि फागुन १० सम्म ‘स्टार्टअप’ उद्यम कर्जाका लागि मागेको प्रस्तावमा १ हजार ६ सय ५८ परियोजनाले प्रस्ताव दर्ता गराएका थिए । प्रतिष्ठानले चैत २ मा सूचना निकाल्दै स्टार्टअप उद्यम कर्जाका लागि दर्ता भएको १ हजार ६ सय ५८ परियोजनाको विवरण सार्वजनिक गरेको थियो । वैशाख ९ मा प्रतिष्ठानले पहिलो चरणमा योग्य प्रस्तावकको सूचीमा ३ सय ९४ परियोजना छानेको थियो
प्रतिष्ठानका अनुसार गत वैशाख १७ देखि सुरु भएको परियोजनाको प्रस्तुतीकरण जेठ २ गतेसम्म चलेको थियो । प्रस्तुतीकरणमा छुटेकाका लागि सूचना निकालेर प्रतिष्ठानले जेठ ६ गते सम्म समय दिइएको थियो । यद्यपी ३९८ परियोजना मध्ये ३३५ वटा परियोजनाले मात्र प्रस्तुतिकरण गरेको थियो ।

स्टार्टअप कर्जाका लागि सिफारिस परियोजना र प्रस्तावको सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार