आयात निर्यातको पहिलो नम्बरमा रहेको सोयाबिन कुन कुन मुलुकबाट व्यवसायीले भित्राए ?

काठमाडौं । नेपालको तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा आयात निर्यातको पहिलो नम्बरमा कच्चा सोयाबिन र सोयाबिनको तेल रहेको छ । नेपाली व्यवसायीहरुले कच्चा सोयाबिन आयात गरी त्यसलाई प्रशोधन गरी निर्यात गरेको पाइन्छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को पहेलो तीन महिनामा सबै भन्दा धेरै आयात हुनेमा कच्चा सोयाबीन तेल परेको छ । चालु आवामा ३० अर्ब २४ करोड ९७ लाखको आयात भइसकेको छ ।  त्यसै गरी सरकारले सोयाबीन तेलको आयात गर्दा ९४ करोड ९४ लाखको राजस्व संकलन गरेको छ । सोयाबिनको कच्च पदार्थ आयातसँगै निर्यात पहिलो नम्बरमै मा हुनुको करान आयाति भएको  सोयाबिनको कच्चा पदार्थ व्यवसायीले मूल्य वृद्धि गरेर भारत पठाउँदै आएका छन् ।

भन्सार विभागका आनुसार सोयाबीन तेलको अयात ५ देश बाट मात्र हुनछ । विभागका अनुसार कच्चा सोयाबीन तेल सबै भन्दा धेरै आयात अर्जेटिना बाट भएको हो । चालु  आवामा अर्जेटिना बाटा मात्र १ खर्ब ६२ अर्ब २४ करोड ६ लाख १९ हजार  लिटर आयात भएको छ येसको मूल्य २४ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ भएको छ । सरकारले ८१ करोड ४ लाखको संकलन गरेको छ । त्यसते दोस्रो मा ब्राजिल बाट ३१ अर्ब १७ करोड ९४ लाख लिटरको अयात हुनदा येसको मूल्य ४ अर्ब ६१ करोड ८४ लाख ८ लाख रुपैयाँ परेको छ र सरकारले १३ करोड ८८ लाख ८१ हाजरको राजस्व संकलन गरेको छ ।

तेस्रोमा पाराग्वले ६ अर्ब ३६ करोड २५ लाख ८५ हजार लिटर आयात भएको हो येसको मूल्य ६ अर्ब ३६ करोड २५ लाख ८५ हजार रुपैयाँको आयात हुनदा सरकारले ८७ हजार को राजस्व संकलन गरेको हो । यद्यपि कतार चौथोमा परेपनी कतार बाट १ हजार लिटर मात्र हुनदा येसको मूल्य १ हजार रुपैयाँ परन गएको छ भने रजस्वो संकलन गरेको छैन ।

त्यसैगरि कच्च पाम तेल २० अर्ब ७९ करोड ४७ लाख ४१ हजार लितर को आयात भएको हो ,  येसको मूल्या ३ अर्ब ७ करोड ४० लाख ७७ हजार रुपैयाँ तेरेको छ र सरकारले ३१ करोड ९८ लाख ४१ हजार रुपैयाँको राजस्व सङकलन गरेको छ ।

विभागका अनुसार पम तेलको आयात मत्र २ देश बाट हुनछ । २ देश मध्य धेरै आयात इन्डोनेशिया बाट भएको छ । चालु आवा मात्र इन्डोनेशिया बाट १६ अर्ब ८२ करोड २९ लाख ४ हजार लितरको आयात भएको छ सो तेलको रकम २ अर्ब ४८ करोड ६१ लख १२ हजार रुपैयाँ तरेको छ र सरकारले २८ करोड ९९ लाख ५७ हाजरक राजस्व संकलन गरेको हो । त्यसै गरी थाइल्यान्ड बाट ३ अर्ब ९७ करोड १८ लाख ३७ हजार लितर आयात भएको छ र ५८ करोड ७९ लाख ६४ हजार रुपैयाँ तरेको छ भने २ करोड ९८ लाख ८३ हजार को राजस्व संकलन  गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार