निर्जीवन बिमा कम्पनीहरुद्वारा १२ अर्ब ६५ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले २०८२\८३ को पहिलो ३ महिनामा ६ लाख ८८ हजार ९८२ वटा बिमालेख बिक्री गर्दै १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनमा ११.१४ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको थियो ।

नेपाल बिमा प्राधिकरणका अनुसार १४ बिमा कम्पनीमध्ये सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बिमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनीले असोसजसम्म ६५ हजार १०२  बिमालेख जारी गर्दै १ अर्ब ४९ करोड ८३ हजार रुपैयाँको बिमाशुल्क संकलन गरेका हो ।

त्यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्सले ७९ हजार ४४० वटा बिमा बिक्री गर्दै १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ । तेस्रोमा, सिद्धार्थ प्रिमियरले ७० हजार ६३० वटा बिमालेख जारी गर्दै १ अर्ब २२ करोड ४३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको हो । हिमालयन एभरेष्ट १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।

एनएलजीले ५३ हजार ९५० वटा बिमालेख बिक्री गर्दै १ अर्ब २ करोड ५६ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ । आइजिआई प्रूडेन्सियलले ९९ करोड ६ लाखको बिमाशुल्क संकलन गरेको छ । नेकोले ९२ करोड ८३ लाख, युनाइटेड अजोडले ८८ करोड २९ लाख, दि.ओरिएन्टलले ७८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख र सानिमा जिआईसी २८ हजार २५४ वटा बिमालेख जारी गर्दै ६८ करोड १८ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ  ।

त्यसैगरी, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ, र राष्ट्रिय बिमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ । यता, लघु बिमा कम्पनीहरुले चालु आवको ३ महिनमा २६ करोड ८१ लाख बिमाशुल्क संकलन गरका छन । लघु बिमाले ९१ हजार ६३१ वटा बिमालेख जारी गरेका छन् ।

४ लघु बिमामध्ये पहिलोमा नेपाल माइक्रोले २२ हजार ७१५ वटा बिमा बिक्री गर्दै ७ करोड ३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ । त्यस्तै, प्रोटेक्टिभ माइक्रोले ६ करोड ९९ लाख रुपैयाँ, ट्रस्ट माइक्रोले ६ करोड ९५ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ ।  यता,  स्टार माइक्रोले भने ५८ करोड २२ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार