राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल

वीरगञ्ज। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गरे ।

रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार