१ हजार रुपैयाँको ४३ करोड थान नेपाली नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौं । १ हजार रुपैयाँकाे ४३ करोड थान नेपाली नोट चीनमा छापिने भएको छ । १ करोड ६९ लाख ८५ हजार डलरमा नेपाली नोट छाप्नका लागि चिनियाँ कम्पनीले ठेक्का पाएको छ ।

नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले पाएको हो ।नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्ने गरी राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई ठेक्का दिएको हो।

यसअघि ५ रुपैयाँ, १० रुपैयाँ, १०० रुपैयाँ र ५ सय रुपैयाँको नोट पनि चिनियाँ कम्पनीले ठेक्का पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार