काठमाडौं । नेपाल बिधुत प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियाले मागेको भन्दा बढी दरमा विद्युत् खरिद सम्झौता गर्दा सेटिङ गरेको भन्ने बिषयमा आएको समाचार र विभिन्न सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति ने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधिकरणले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताको वास्तविकतालाई तोडमोड गरी के नियोजित रुपमा सम्प्रेषित सम्प्रसाण भएको नजाएको छ ।
प्रधिकरणका अनुसार नेपालको राष्ट्रिय विद्युत प्रणालीमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको बाहुल्यता रहेकाले बर्षायाममा खपत भई बढि भएको विद्युत निर्यात गर्ने गरिएको तथा सुख्खायाममा केही महिना विद्युत माग व्यवस्थापनका लागि छिमेकी मुलुक भारतबाट विद्युत आयात गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको जनाएको छ । गतवर्ष २ अर्व ३८ करोड युनिट विद्युत निर्यात गरिएको थियो भने १ अर्व ६८ करोड युनिट विद्युत भारतबाट आयात गरिएको जनाएको छ ।
केहि वर्षयता बढ्दो विद्युत मागका कारण भारतबाट गत वर्षको सुख्खायामका महिनाहरुमा Solar Hours अर्थात विहान ६ बजे देखि बेलुकी ६ बजेसम्मको समयावधि तथा एभबप जयगच वाहेकको समयमा मात्र विद्युत खरिद गर्न सकिने गरी नेपालले सहमति पाएको थियो। चालु आवमा पनि सोही अवस्था कायम रहने सम्भावना रहेकोले सुख्खायामको विद्युत व्यवस्थापनका लागि अग्रिम रुपमा केही परिमाणमा आधार आयात (Base Import) को रुपमा विद्युत खरिद गर्नु प्रणालीको आवश्यकता देखिएकोले उपलब्ध विकल्पहरुमध्ये सबैभन्दा उत्तम विकल्पमा विद्युत खरिद गर्न सम्झौता गरिएको प्रधिरणले एक बिज्ञप्ति जारी गर्दै जनाएको छ ।
द्धिपक्षीय सम्झौतामार्फत विद्युत खरिदका लागि मिति २०८२ साउन १३ गते भारतीय सरकारी संस्थाहरुको समेत लगानी रहेको पिटिसी इन्डिया लि. र भारतीय सरकारी निकाय एनटिपिसी विद्युत व्यापार निगम -एनभिभिएन_ सँग प्रस्ताव माग गरिएको थियो। पिटिसीबाट २०८२ साउन २३ गते १ महिनाको समयावधि राखी ९ २०८२ भदौ २३ भित्रमा सम्झौता गरिएमा मात्र लागु हुने प्रति युनिट ६.७४ भारतीय रुपैयाँ -भारु_ Landed Tariff -प्रशारण तथा अन्य शुल्क र चुहावट सहित_ मा विद्युत दिन सकिने प्रस्ताव प्राप्त भएको थियो भने एनभिभिएनबाट प्रतियुनिट (Landed Tariff) दर ७.७० भारुमा विद्युत बिक्रीको प्रस्ताव पेश गरिएको प्राधिरणको दाबी रहेको छ ।
प्राधिकरणको तत्कालीन संचालक समिति र व्यवस्थापनबाट निर्णयमा भएको ढिलाईका कारण पीटीसीको उक्त प्रस्ताव कार्यान्वयनमा जान नसकेकोले २०८२ भाद्र २३ गतेबाट स्वतस् रद्द भएको थियो बिज्ञप्तिमा उल्लेख गरेको छ । स्वत रद्द भएपश्चात पुनः प्रस्ताव माग गर्नु पर्ने अवस्था सिर्जना भएपछि माग गरिएको प्राधिकरणले जनाएको छ । प्रस्तावमा २०८२ असोज ६ गते पिटिसीबाट Landed Tariff प्रति युनिट दर ६.९५ भारु पेश गरिएको थियो भने एनभिभिएनबाट प्रतियुनिट Landed Tariff दर ७।६७ भारु मात्र गर्न सकिने संसोधित प्रस्ताव प्राप्त भएको थियो। सो अनुसार ढल्केबर(मुजफ्फरपुर लाईन बाट खरिद हुने पीटीसीको प्रस्ताव एनभीभीएनको तुलनामा प्रतियुनिट ०.७२ भारु कम रहेको छ प्राधिकरणको दाबी रहेको छ ।
नेपाल भारत विद्युत आदानप्रदान समिति Power Exchange Committee (PEC) ले टेक एण्ड पे आधारमा आगामी मार्चसम्मका लागि १३२ के.भी। भोल्टेजमा प्रतियुनिट दर ८.१० भारतीय रुपैयाँ ९ भारु तय गरेको छ। गतवर्षको सुख्खायाममा २३० मेगावाट विद्युत खरिद गर्नका लागि एनभिभिएनसँग प्रतियुनिट ७.०५ भारुमा सम्झौता गरिएको थियो। यद्यपि, भारतीय डेजीक्नेटेड अथोरिटी (Designated Authority) बाट सहमति प्राप्त नभएका कारण सो सम्झौता कार्यान्वयन हुन सकेको थिएन।
एनभीभीएनले प्रस्ताव गरेको दर प्रतियुनिट ७।६७ भारु, PEC ले यस वर्षको लागि तय गरेको दर प्रतियुनिट ८.१० भारु, एनभीभीएनसँग गत वर्ष गरिएको सम्झौता दर प्रतियुनिट ७.०५ भारु र क्ष्भ्ह् को गत वर्षको साँझ विहानको प्रतियुनिट उच्चतम दर १० भारु ९ सो दरमा विड गरेको परिमाणको विद्युत पाउने सम्भावना समेत कम रहेको भन्दा पीटीसीले हाल प्रस्ताव गरेको दर प्रतियुनिट ६.९५ भारु सबैभन्दा कम रहेको थियो। तसर्थ, प्राधिकरण संचालक समितिको २०८२ असोज १० गतेको बैठकबाट पीटीसीसँग बिहार(नेपाल १३२ केभी प्रसारण लाइन बाट ८० मेगावाट र ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट १०० मेगावाट विद्युत मार्फत आरटिसी मोडमा विद्युत सन् २०२६ जनवरीदेखि मे सम्म खरिद गर्ने निर्णय भएको थियो। जसलाई विद्युत नियमन आयोगले समेत स्वीकृत प्रदान गरिसकेको छ। उक्त सम्झौता सहमतिको लागि भारतीय डेजीक्नेटेड अथोरिटी (Designated Authority) मा पेश गरिएको छ र उक्त निकायबाट सहमति प्राप्त भएपश्चात मात्र कार्यान्वयनमा आउने उल्लेख गरिएको दाबी गरिएको छ ।

