CLI

थाइल्यान्डद्वारा कम्बोडियासँगको शान्ति सम्झौता स्थगित

बैङ्कक। कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भए पछि थाइल्यान्डले सोमबार छिमेकी कम्बोडियासँगको सिमा बिबाद अन्त्येको लागि गरिएको शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ । २ देश बिच सिमा बिबादका कारण द्वन्द्वमा कम्तिमा ४३ जनाको मृत्यु भएको थियो भने दुवै पक्षका ३ लाख भन्दा बढी नागरिकहरू विस्थापित भएको जनाइएको छ ।

द्धिपक्षिय द्वन्द्व र शत्रुता अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गत जुलाईमा सीमा सम्झौता भएको थियो । थाई सेनाले विज्ञप्ति मार्फत सिसाकेट प्रान्तमा भएको विस्फोटमा एक सैनिकको खुट्टामा गम्भीर चोट लागेको लाग्नुका साथै १ जनाको छातीमा दुखाइ भएको बताएको छ । थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुल्कियातले बैङ्कले अक्टोबरमा क्वालालम्पुरमा कम्बोडियासँग भएको सम्झौता स्थिगित गर्ने निर्णय गरेको घोषणा गरेको हो ।

सम्झौताको कार्यान्वयनको एक भागमा अर्को चरणहरूमा थाइल्यान्डमा हिरासतमा रहेका १८ जना कम्बोडियन सैनिकहरूको रिहाइसमेत समावेश थियो । थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले पत्रकार सम्मेलनमा भने “हामीले सोचेका थियौँ कि सुरक्षा खतरा कम भएको छ, तर वास्तवमा यो घटेको छैन । कम्बोडियाका अधिकारीहरूले यस घटनामा तुरुन्तै टिप्पणी नगरेता पनि विगतमा सीमामा नयाँ बिष्पोटहरु थापेको थाई आरोपलाई भने अस्वीकार गरेका छन् । कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै शान्तिका लागि “अटुट प्रतिबद्धता“ व्यक्त गरेको छ ।

Leave Your Comment

Related News