दुर्गा प्रसाईको मेडिकल कलेजले सम्बन्धन पायो, यसपालीबाटै विद्यार्थी भर्ना गर्न पाउने

काठमाडौं । दुर्गा प्रसाईको मेडिकल कलेज वि एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरलाई काठमाडौँ विश्व विद्यालयले सम्बन्धन दिएको छ । सोमबार काठमाडौं विश्वविद्यालयले प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश दिएपछि विर्तामोड ५ झापामा सञ्चालन रहेको मेडिकल कलेजलाई यहीँ शैक्षिक सत्रदेखी विद्यार्थी भर्ना गर्ने गरी काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएको हो ।

सर्वोच्च अदालतले चैत १२ गते काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गर्दै १५ दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिन भनेको थियो ।

सोही परमादेश अनुसार जेठ २७ मा बसेको कार्यकारी परिषद्को ७१८औं बैठकले बि एन्ड सीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार