काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । यसदिन नेप्से ३.२१ अंकले बढेको छ । बजार २५६५.१६ विन्दुमा पुगेर बन्द भएको छ । आज ३२७ वटा कम्पनी ५५ हजार ६३२ पटकको कारोबार हुँदा ७९ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ६२ करोड ६१ लाख रहेको छ ।
यो रकम सोमबारको तुलनामा ८८ करोड ८३ लाख कम हो । सोमबार ४ अर्ब ५१ करोड ४४ लाखको कारोबार भएको थियो । त्यसैगरी, ६ वटा उपसमूह घटेका छन् । ७ वटा भने बढेका छन् । विकास बैंक ०.४७ प्रतिशत, वित्त ०.६१, होटल्स तथा पर्यटन समूह ०.३८, लगानी ०.२९ , लघुवित्त ०.०५, अन्य समूह ०.६७ प्रतिशतले घटेका छन् ।
यता, बैंकिङ ०.०७, जलविद्युत ०.७७ प्रतिशत , जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, म्युअुचल फण्ड ०.२४ , निर्जीवन बीमा ०.५० र ट्रेडिङ समूह ०.६९ प्रतिशतले बढेका छन् ।
त्यसैगरी, यसदिन सर्वाधिक कमाउने शाइन रेसुङ्गा डिबेन्चर, बन्दिपुर केबलकार, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो र सागर डिस्टिलरी रहेका छन् । यी कम्पनीहरु १० प्रतिशतले बढेका छन् ।


