CLI

धमाधम लाभांश घोषणा गर्दै कम्पनीहरु, १३ वटाको बुक क्लोज हुन बाँकी,  कुन कुन हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३३ वटा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये ८ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, २ फाइनान्स, एउटा होटल्स तथा पर्यटन, ८ वटा हाइड्रोपावर, २ वटा लगानी, ३ वटा उत्पादन तथा प्रशोधन, एउटा अन्य र २ वटा लघुवित्त समूहका कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

यीमध्ये १३ वटाको बुक क्लोज हुन अझै बाँकी छ । बाँकी कम्पनीहरुले भने साधारण सभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज गरिसकेका छन् । केहीले साधारण सभाबाट लाभांश प्रस्ताव पनि पारित गरिसकेका छन् । कम्पनीहरुले पुस मसान्तसम्म साधारण सभा गरिसक्नु पर्ने व्यवस्था छ । तथ्यांक अनुसार कृषि विकास बैंक, अरुण भ्याली, आइसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, मिड सोलु, निफ्रा, साहस उर्जा, स्टान्डर्ड चार्टर्ड, सिंगटी, शाइन रेसुंगा र सिक्लेस हाइड्रोपावरको बुक क्लोज मिति तय हुन बाँकी छ ।

यी कम्पनीहरुमध्ये कृषि विकास बैंकले १३ प्रतिशत, अरुण भ्यालीले ८.४२ प्रतिशत, आइसीएफसी फाइनान्सले १५.७९ प्रतिशत, महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत, मिड सोलुले १५.७९ प्रतिशत, निफ्राले ६.३२ प्रतिशत, साहस उर्जाले २२.११ प्रतिशत, स्टान्डर्ड चार्टर्डले १९ प्रतिशत, सिंगटीले ५ प्रतिशत, शाइन रेसुंगाले १३ प्रतिशत र सिक्लेसले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

यता, सोल्टी होटल्सले ३१.५८ प्रतिशत लाभांश र साधारण सभा प्रयोजनार्थ मंसिर ५ गते बुक क्लोज गर्दैछ । त्यस्तै, माउन्टेन इनर्जीले मंसिर १७ गते लाभांश प्रयोजनार्थ बुक क्लोज गर्दैछ । बुक क्लोज भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले लाभांश हात पार्न सक्नेछन् ।

Leave Your Comment

Related News