कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा

काठमाडौं । कर्माचार्य बेक्स एण्ड फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । बिस्कुट उत्पादनमा अग्रणी पहिचान बनाउन सफल उधोगले ‘क्रन्च’ ब्राण्डमा वेफर बजारमा ल्याएको हो । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधिको प्लान्ट स्थापना गरी ‘वरिजिनल क्रिप्स एण्ड क्रन्ची चकलेट वेफर’ बजारमा ल्याइएको कम्पनीले जनाएको छ । उधोगले चक्लेट, भेनिला, स्टेभरी र मिल्क क्रिमको स्वादमा वेफर उत्पादन गरेको छ ।

बालबालिकादेखि सबै उमेर समूहलाई लक्षित गरी वेफर बजारमा ल्याइएको र देशभरको बजारमा उपलब्ध भइसकेको कम्पनिले जनाएको छ । उधोगले गुणस्तरलाई प्राथमिकतामा राख्दै वेफर उत्पादन गरिएको जनाएको छ ।

उधोगका अनुसार स्वाद, सन्तुष्टि र मिठासले पूर्ण हुने गरी वेफर उत्पादन गरिएको र बजारमा पुगेको छोटो समयमा नै उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार