नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाँ दरका ४२ करोड थान पैसा छाप्ने चिनियाँ कम्पनी छनौट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको  ४२ करोड थान नयाँनोट छपाई र आपुर्तिको लागि  चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ बिईजिङ चाइनासँग सम्झौता गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाका नोट छपाई र आपुर्तिको लागि २०९८२ साउन ९ मा प्रखाशीत गरेको सुचनाका आधारमा रित पुर्बक आबेदन पेश गरेका कम्पनी न्यून मूल्यमा बोलपत्र पेश गर्ने चिनियाँ कम्पनी छनोट भएका थियो ।

केन्द्रीय बैंकको पूर्वयोग्यता पूरा गरेको ६ वटा कम्पनी प्रतिस्पर्धामा सहभागी हुन पाउनेमा उक्त नियाँ कम्पनीले टेन्डर हात पारेको हो ।

५० रुपैयाँ दरको ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (अहिलेकोविनिमय दर अनुसार करिब १ अर्ब ४८ करोड) मा सम्झौता भएको केन्द्रीय बैंकले जनाएको छ   ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार