होटल तथा पर्यटन क्षेत्रका कम्पनीको नाफा ७ देखि ४० प्रतिशतसम्म पुग्यो

काठमाडौं । पछिल्लो समय पर्यटन आवमगनमा भएको सुधार सँगै यस क्षेत्रका होटल तथा पर्यटन सँग सम्वन्धित कम्पनीहरुको नाफामा उल्लेखनीय वृद्धि भएको छ । मासिक करिब १ लाख पर्यटक आवगामन हुदाँ यस क्षेत्रको नाफामा सुधार भएको हुन सक्ने आंकलन गरेको छ । यो सँगै गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटल तथा पर्यटन क्षेत्रको नाफा ७ प्रतिशत देखि ४० प्रतिशत सम्म रहेको पाउन सक्छौं । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा तारागाउँ रिजेन्सी लिमिटेडको नाफा ३९.५४ प्रतिशत रहेको छ भने दोस्रोमा चन्द्रागिरी हिल्स लिमिटेडको ३८.८२ प्रतिशत, सोल्टी होटल लिमिटेडको ११.०८ प्रतिशत, ओरियण्टल होटल्स लिमिटेडको ९.९१ प्रतिशत र कालिन्चोक दर्शन लिमिटेडको ६.९२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा सिटी होटल भने घाटामा गएको छ । उसले २८.९० प्रतिशतले घाटा व्यहोरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तारागाउँ रिजेन्सीको नाफा ३३ करोड ३२ लाख ८१ हजार रुपैयाँ, चन्द्रागिरी हिल्सको १० करोड ७९ लाख १० हजार रुपैयाँ, सोल्टी होटल लिमिटेडको ४ करोड १३ लाख २२ हजार रुपैयाँ, ओरियण्टल होटल्स लिमिटेडको ६ करोड ५९ लाख ७८ हजार रुपैयाँ र कालिन्चोक दर्शन लिमिटेडको २ करोड ४७ लाख ४९ हजार रुपैयाँ रहेको छ । सिटी होटलेका घाटा भने १५ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा तारागाउँ रिजेन्सीको नाफा २३ करोड ८८ लाख ४५ हजार रुपैयाँ, चन्द्रागिरी हिल्सको ७ करोड ७७ लाख ३५ हजार रुपैयाँ, सोल्टी होटल लिमिटेडको ३७ करोड ११ लाख ७९ हजार रुपैयाँ, ओरियण्टल होटल्स लिमिटेडको ६ करोड २७ हजार रुपैयाँ र कालिन्चोक दर्शन लिमिटेडको २ करोड ३७ लाख ४९ ४९ हजार रुपैयाँ रहेको छ । सिटी होटलेका घाटा भने २१ करोड ६१ लाख ६६ हजार रुपैयाँ रहेको छ । घितोपत्र बोर्डमा सूचीकृत उक्त कम्पनीहरुको नाफा बढेको हो । होटल तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरीय सेवा दिन नसक्दा पनि उच्च खर्च गर्ने क्षमता भएका पर्यटकहरु नेपाल नआएका पर्यटन बोर्डका अधिकारीहरु बताउछन् । उनीहरुका अनुसार अझै पनि खर्च गर्ने क्षमताका पर्यटकको आर्कषण नहुदाँ होटल तथा पर्यटन क्षेत्र तुलनात्मक रुपमा माथि जान सकेको छैन । २०२४ मे महिना सम्म ९० हजार २ सय ११ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार