काठमाडौं । कात्तिक मसान्तसम्म सरकारले लक्ष्यको २१.७२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । राजस्व तथा गैरराजस्वका सबै स्रोतहरू गरी यस आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ संकलनको लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म ३ खर्ब ३३ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो । जसमध्ये कर राजस्वतर्फ अधिकतम् ३ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ संकलन भएको छ भने गैरकरतर्फ १९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ र अनुदानतर्फ ३ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ ।


