आन्दोलनमा गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाही गरेमा निजी क्षेत्रको मनोबल बढ्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आन्दोलनमा गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाही गरेमा निजी क्षेत्रको मनोबल बढ्ने बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी गुरुङले यस्तो बताएका हुन् ।

जेनजीको आन्दोलन एउटा असल नियतबाट भएको बताउँदै उनले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारितै गरेको अवस्था रहेको बताए । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो । चोरी, आगजनी, लुटपाट, तोडफोडहरु भयो । वास्तवमा यसको यो गलत तत्वहरुको जुन घुसपैठ भएको छ । गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । तब मात्र आम निजी क्षेत्रको मनोबल उच्च हुने उनको भनाई छ ।

‘आन्दोलनको सही उद्देश्य र जुन एउटा आन्दोलन जुन हिसावले भएको थियो त्यसमा गलत तत्वको जुन प्रवेश गरेर जुन व्यक्तिगत तहमा उत्रेर उद्योग व्यवसायहरु, व्यक्तिगत सम्पत्ति, घर लगायत क्षति भयो । यो गलत छ । सरकारले सुरक्षा दिन नसक्ने हो भने वास्तवमा आउने दिनमा आउने दिनमा यस्ता किसिमका घुसपेठहरु हुनेछन्,’ अध्यक्ष ढकालले भने,व्यक्ति, व्यवसायीको कन्फिडेन्स लुज हुनेछ । वास्तवमा यो आन्दोलनको बेलामा गलत घुसपेठको कारणबाट भएको तोडफोड आगजनी र नोक्सानी भयो र व्यवसायीहरुलाई जुन एउटा सहुलियत दिनको लागि अर्थमन्त्रालयले छोटो समयमा काम गरेको छ, यो प्रभावबारी छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार