CLI

करिब ५ अर्बको आईटी सेवा निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोज) सम्म ४ अर्ब ९० करोड बराबरको सूचना प्रविधिमा आधारित सेवा (आईटी) सेवा निर्यात भएको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा ६१ करोड बराबरको यस्तो सेवा आयात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा ३ अर्ब ५४ करोडको यस्तो सेवा निर्यात भएको थियो।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार तीन महिनामा ५१ करोड बराबरको यस्तो सेवा आयात भएको थियो। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले ११ अर्ब २६ करोड आम्दानी गरे पनि सेवाक्षेत्रको घाटा उच्च छ।

असोजसम्ममा सेवा क्षेत्रको घाटा ३२ अर्ब पुगेको छ। सेवा निर्यातको तुलनामा आयात ३२ अर्ब धेरै भएको हो। नेपालले ६२ अर्ब ६६ करोडको सेवा निर्यात गर्दा ९५ अर्बको सेवा आयात गरेको छ।

यो अवधिमा विदेश भ्रमणमा ६४ अर्ब खर्च भएको छ भने यसमध्ये उच्च शिक्षाका लागि मात्रै ४२ अर्ब खर्च भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

 

Leave Your Comment

Related News