काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्।
शर्माले कात्तिक ३० गते दिएको राजीनामा कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बखत बहादुर बटालालाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ।
बैठकले शर्माको राजीनामा आज मंसिर २ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो भने बटालालाई पनि आजैको मितिदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

