काठमाडौं । बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ७ सय रूपैयाँले वृद्धि भएर २ लाख ४३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार एक तोला सुनको भाउ २ लाख ४२ हजार ३ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको भाउ तोलाको ३५ रूपैयाँले बढेर आज ३ हजार १८५ रुपैयाँ पुगेको छ ।
बिहीबार सुनचाँदीको भाउ बढ्यो

