एनएमबी बैंकले ल्यायो ‘एनएमबी सफ्ट पीओएस’, पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी हुने प्रविधि

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र visa सँग सहकार्य गर्दै एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएकोछ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक (Physical) मेसिन बिना नैआफ्नो NFC इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्यमबाट डिजिटल कार्ड मार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन ।

पाटा नेपाल च्याप्टरले मुख्यत होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ । यस साझेदारी मार्फत, एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको छ । एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्नेछन् । यसले गर्दा पर्यटक र ग्राहकहरूलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्नेछ ।

यो प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा  दिनेछ र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्नेछ । एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन्। एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार