बजारबाट ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । १४ दिनको लागि निक्षेप संकलन उपकराण मार्फत् राष्ट बैंकले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो ।

राष्ट बैंकका अनुसार आज बिहीबार अपरान्ह ३ बजेसम्म मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ( दशमलव पछिको हकमा अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ । बहुव्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैं तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा ‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार