CLI
Global College

आजसम्म कायम सेयरधनीले मात्रै यी ६ कम्पनीको लाभांश पाउने 

काठमाडौं । बिहीबार सेयर बजारमा कारोबार हुने ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ शाइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र निफ्राले भोली अर्थात मंसिर १२ गते बुकक्लोज गर्दैछन् भने कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते आइतबार बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शाइन रेसुङ्गाले मंसिर २६ गते, शुक्रबार, होटल सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा १७ औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यस्तै, सर्वोत्तम सिमेन्टले मंसिर २६ गते, शुक्रबार, होटल सिद्धार्थ भिलासा, भैरहवा, रुपन्देहीमा ७ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २३ गते, मंगलबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा ७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
यता कृषि विकास बैंकले मंसिर २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा १९ औँ वार्षिक साधारणसभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरुलाई तोकिएबमोजिम कर प्रयोजनार्थसहित चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

बरुण हाइड्रोपावरले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा २२ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक निुयक्त गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

ङादी ग्रुप पावरले भने मंसिर २५ गते, बिहीबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा १२ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

Leave Your Comment

Related News