काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.०३९६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

