काठमाडौं । नेप्से परिसूचक १३.५२ अंकले घटेको छ । बजार २६३१.१७ अंकमा पुगेर बन्दा भएको छ । यस दिन ३३२ वटा कमपनी ६७ हजार ४८२ पटक कारोबार हुँदा १ करोड ८ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा ७५ करोड ४३ लाख रुपैयाँ बढी हो । मंगलबार कारोबारे रकम ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँ थियो ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स ०.६६ फोल्ट इन्डेक्स ०.५५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.६८ प्रतिशतले घटेको हो ।यस दिन ९ वटा उपसमूह घटेका छन् र ४ वटा बढेका छन्।बैंकिङ ०.७५ प्रतिशत, विकास बैंक ०.५७, जलबद्युत ०.५०,लगानी ०.५१, जीवन बीमा १.१८, लघुवित्त ०.४८,निर्जीवन बीमा ०.७४, अन्य समूह ०.५१ र व्यापार समूह ०.३२ प्रतिशतले घटेका छन्। वित्त १.५९, होटल्स तथा पर्यटन समूह ०.५२ उत्पादन र प्रशोधन ०.२४ र म्युअुचल फण्ड ०.४४ प्रतिशतले बढेका छन्।
सागर डिस्टिलरी , स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटेक र मिथिला लघुवित्त १० प्रतिशतले बढेका छन् ।
कारोबार रकमका आधारमा यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजम पहिलो स्थानमा रहेको छ। कम्पनीको यस दिन १८ करोड ४९ लाख ७६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको १७ करोड ८१ रुपैयाँको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १४ करोड ५३ लाक रुपैयाँ रहेको छ।

